मातृभूमि लघुवित्तले बोलायो छैठौं वार्षिक साधारणसभा


काठमाडौं – मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले आज छैठौं वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनीले आज बिहान ११ बजे काठमाडौंको बुढानीलकण्ठस्थित होटल अमुप्रस्थ ब्याङ्क्वेट एण्ड इभेन्ट्समा आयोजना गर्दैछ।

सभामा सर्वसाधारणमा थप सेयर निष्कासन (एफपीओ) तथा अन्य लघुवित्त संस्थासँग गाभ्ने सम्भावनाबारे छलफल हुने र सोसम्बन्धी कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गरिने छ।

यसका साथै, गत आर्थिक वर्षको लेखापरीक्षित वित्तीय विवरण अनुमोदन गर्नुका साथै चालु वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने विषयमा पनि निर्णय गरिने कार्यक्रम रहेको छ।

साधारणसभाले ४ जना संस्थापक सेयरधनी तथा २ जना सर्वसाधारण सेयरधनी प्रतिनिधिको निर्वाचन समेत गर्नेछ।