पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका


काठमाडौं – पियोर इनर्जीको आइपीओमा आवेदन दिने आज वैशाख २ गते अन्तिम मौका रहेको छ।

कम्पनीले दोस्रो चरणमा गत चैत २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ खुला गरेको आइपीओमा आजको बैंकिङ समयसम्ममा मात्र आवेदन दिन सकिनेछ। कम्पनीले गत फागुन २० गतेदेखि १ लाख ६० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ४४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई निष्कासन गरेर बाँडफाँड समेत गरिसकेको छ।

पहिलो चरणको आईपीओ बाँडफाँडपछि बाँकी रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषको लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ। यसरी अब बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरिरहेको छ।

कम्पनीमा घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।