बीमा प्राधिकरणका अध्यक्ष योग्य कि अयोग्य ? वैशाख ८ मा छिनोफानो हुँदै

बीमा प्राधिकरणका अध्यक्ष योग्य कि अयोग्य ? वैशाख ८ मा छिनोफानो हुँदै


काठमाडौं – नेपाल बीमा प्राधिकरणका अध्यक्ष योग्य वा अयोग्य भन्ने विषय वैशाख ८ गते छिनोफानो हुने भएको छ । सरकारले नेपाली कांग्रेस कोटाबाट नियुक्त गरेको बीमा प्राधिकरणका अध्यक्षविरुद्ध सर्वोच्चमा मुद्दा परेको छ । अध्यक्ष शरद ओझा अयोग्य भन्दै उनीविरुद्ध अदालतमा मुद्दा परेको हो ।

चैत २२ गते परेको मुद्दाको सुनुवाई गर्दै सर्वोच्च अदालतले सरकारलाई कारणदेखाउ आदेश जारी गरेको थियो । अन्तरिम आदेश नदिएर सरकारको कारण हेर्ने योजना बुनेको अदालतमा आज ३१ गते बहसको समय तोकिएको थियो ।

आज न्यायधीश विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले अध्यक्ष ओझाविरुद्धको सुनुवाई गरेका थिए । तर, विविद् कारणले आज बहस नहुँदा अव वैशाख ८ गते फैसला हुने भएको हो ।

अध्यक्ष ओझाले झुठा प्रमाण देखाएर प्राधिकरणको अध्यक्षमा नियुक्ती भएको आरोप लागेको छ । अध्यक्ष बन्न ३५ वर्ष चाहिनमा ओझा ३३ वर्ष मात्रै भएको बताइन्छ । यस्तै, ५ वर्ष व्यवस्थापन गरेको अनुभव चाहिनेमा ओझा पूर्व पत्रकार हुन् ।

उनीसँग व्यवस्थापन अनुभव नभएको आरोप रिट दायरकर्ताले लगाएका छन् । तर, उनी आवद्ध संस्थाले भने ओझाले ५ वर्ष प्रबन्धकको भूमिकामा काम गरेको दाबी गर्दै आइरहेको छ ।