नेप्सेमा ८.६२ अकंको गिरावट, ६ अर्ब २८ करोड माथिको कारोबार

नेप्सेमा ८.६२ अकंको गिरावट, ६ अर्ब २८ करोड माथिको कारोबार

‘बैंकिङ्ग समूहमा ० दशमलव ३३ अंकको गिरावट’


काठमाडौं – आइतबार शेयर बजारमा सामान्य गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.६२ अकंले घटेर २६६१.८६ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोढ ३१ लाख ८९ हजार ३२८ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ४४ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राद्यी विद्युत कम्पनीको ४३ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले ५ दशलमव ७८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले गुमाएका हुन् ।

आज ९ उपसूचक राताम्य हुँदा ४ उपसूचक मात्रै बढेका हुन् । ८८ कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेकोछ । आज नेपाल माइक्रो लाइफ र क्रेष्ट माइक्रो लाइफको इन्स्योरेन्सको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, त्रिशुली जलविद्युतको ५.७८ प्रतिशत, एनआइएमबि स्टेबलको ५.२२ प्रतिशतले शेयर मुल्य बढेको हो ।