काठमाडौं – बीमा प्राधिकरणलाई बीमा कम्पनीसँगको सहलगानीमा बीमा एकेडेमी स्थापना गर्न आर्थिक सुझाव आयोगले सुझाव दिएकाे छ । नेपाल सरकारले गठन गरेको उच्चस्तरीय आर्थिक सुझाव आयोगले प्राधिकरणले बीमा कम्पनी र बीमा प्राधिकरणले सहलगानीमा बीमा एकेडेमी स्थापना गरेमा बीमा बजारको सुधारको लागि सहज हुने भन्दै सहलगानीमा एकेडेमी स्थापना गर्न सुझाव दिएको हाे ।
आयोगले शिथिल अवस्थामा रहेको मुलुकको अर्थतन्त्र चलायमान बनाउन हस्तक्षेपकारी भूमिका निर्वाहका लागि सरकारलाई सिफारिस गरेको सुझावमा बीमा क्षेत्रको सुधारका लागि विभिन्न ७ वटा सुझाव समेटिएका छन् ।
आयोगले स्वदेशमै मात्रै पुनर्बीमा गर्नु घातक रहेको हुँदा पुनर्बीमाको केही प्रतिशत हिस्सा विदेशी कम्पनीसँग गर्न सुझाव दिएको छ। साथै, जोखिम न्यूनीकरणको लागि पुनर्बीमाको निश्चित हिस्सा विदेशी पुनर्बीमा कम्पनीसँग गराउने व्यवस्था गर्न पनि सुझाव दिएको छ ।
प्रतिक्रिया