काठमाडौं – नेपाल बीमा प्राधिकरणका अध्यक्षविरुद्ध परेको रिटको छलफल आज चैत ३१ गते हुदैँ छ । उक्त रिटको छलफलमा भने आज सर्वोच्चले फैसला गर्ने छ । नेपाल बीमा प्राधिकरणका अध्यक्षमा नियुक्त शरद ओझाको नियुक्तिविरुद्ध कारण देखाऊ आदेश जारी भएको थियो ।
सर्वोच्च अदालतका न्याायधीश नहकुल सुवेदीको एकल इजलास मुद्दामा १५ दिनकाे समय दिएर कारण देखाउन भनेको हो । अधिवक्ता इन्द्र घमलको नाममा दर्ता भएको रिटमाथि सर्वोच्च अदालतले प्रारम्भिक आदेश जारी नगर्न सक्ने कारणहरू स्पष्ट पार्न विपक्षीलाई १५ दिनको समय दिँदै स्पष्टीकरण माग गरेकाे हाे ।
सर्वोच्चले लिखित जवाफ माग गर्नुको साथै मुद्दाको विषयमा अन्तरिम आदेश किन जारी गर्नु नपर्ने भन्नेबारे पनि स्पष्टिकरण माग गर्दै, दुवै पक्षको लिखित जवाफ आएपछि मात्र आदेशबारे निर्णय हुने उल्लेख गरेको थियो ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ मन्त्रालय, नेपाल बिमा प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्तिको लागि गठित सिफारिस समिति र प्राधिकरणका अध्यक्ष ओझालाई बिपक्षी बनाइएको छ ।
प्रतिक्रिया