प्रतितोला सुनकाे मूल्य १ लाख ८६ हजार रुपैयाँ

प्रतितोला सुनकाे मूल्य १ लाख ८६ हजार रुपैयाँ

आज ताेलामा १ हजार रूपैयाँले बढ्याे सुनकाे मूल्य


काठमाडौं – नेपाली बजारमा आइतबार पनि सुनकाे मूल्य बढेकाे छ । पछिल्लाे समय निरन्तर बढिरहेकाे सुनकाे मूल्य आज ताेलामा १ हजार रूपैयाँले बढ्दै प्रतिताेला १ लाख ८६ हजार रूपैयाँ पुगेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । गत शुक्रबार सुन १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १९ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।