काठमाडौं – अधिकांश बैंकहरुले वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेका छन् । बैंक तथा वित्तीय संस्थाहरुले भोलि २०८२ वैशाख महिनाका लागि लागू हुने बैंक ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार वैशाखका लागि २० वाणिज्य बैंकमध्ये ३ वटाले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने एउटा बैंकले बढाएको छ । बाँकी १६ बैंकले चैत महिनाकै ब्याजदरलाई वैशाखमा पनि यथावत् राख्नेका छन् ।
वैशाखका लागि कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन भने एभरेष्ट बैंकले बढाएको छ । चैतमा कुमारीले व्यक्तिगततर्फ ६.१ र संस्थागत मुद्दतीतर्फ ५.१ प्रतिशत ब्याजद दिएको थियो । वैशाखमा भने घटाएर ५.९२ र ४.९२ तोकेको छ । सानिमाले चैतमा ६.०५ र ४.३ प्रतिशत ब्याजदर दिएकाेमा वैशाखका लागि ५.९५ र ४.२ प्रतिशत दिने भएको छ ।
चैत महिनाकै व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ब्याजदर ग्लोबल आईएमई बैंकले ६ प्रतिशत, कृषि विकास बैंकले ५.५१ प्रतिशत, हिमालयन बैंकले ५.५ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ५.७५ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत, एनएमबि बैंकले ६.६० प्रतिशत, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत, प्रभु बैंकले ६.१० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले ६ प्रतिशत, नेपाल एसबीआई बैंकले ५.५ प्रतिशत, सिद्धार्थ बैंकले ६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६.२५ प्रतिशत दिएका थिए। अब वैशाखमा यही ब्याजदरले निरन्तरता पाउनेछ।
त्यसैगरी, चैतको तुलनामा वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाउनेमा एभरेष्ट बैंक रहेको छ भने घटाउनेमा कुमारी बैंक, नेपाल बैंक र सानिमा बैंक रहेका छन्। वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर एभेष्ट बैंकले ६.६१ प्रतिशत, कुमारी बैंकले ५.९२ प्रतिशत, सानिमा बैंकले ५.९५ प्रतिशत र नेपाल बैंकले ५.१५ प्रतिशत निर्धारण गरेका छन्। चैतमा एभरेष्ट बैंकले ६ प्रतिशत, कुमारी बैंकले ६.०१ प्रतिशत, सानिमा बैंकले ६.०५ प्रतिशत र नेपाल बैंकले ५.५ प्रतिशत ब्याजदर दिएका थिए।
प्रतिक्रिया