सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा


काठमाडौं –  सगरमाथा लुम्बिनी इन्स्योरेन्स शेयरधनीहरूलाई चुक्ता पुँजी २ अर्ब ६२ करोड २६ लाख २८ हजार २ सय रुपैयाँको १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  

कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको १३३ औं बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट आगामी वार्षिक साधारण सभाबाट नगद लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको १५ प्रतिशतको हुन आउने रकम  ३९ करोड ३३ लाख ९५ हजार  ७ सय ३० रुपैयाँ नगद लाभांश शेयरधनीहरुले पाउने भएका छन् । साथै, उक्त लाभांश नियामक निकायबाट स्वीकृत भएपछि  मात्र कम्पनीले आगामी वार्षिक सभाबाट पारित गरेपछि वितरण गर्ने भएको हो  ।