काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा यो साता २१ दशमलव ५४ अंकको गिरावट देखिएको छ । साताको ४ दिन कारोबार भएको नेप्सेमा ३ दिन गिरावट तथा १ दिन वृद्धि देखिदा समग्रमा २१ अंकको गिरावट देखिएको हो । याे साताको पहिलो कारोबारका दिन (आइतबार) रामनवमीका कारण सार्वजनिक बिदा भएकाले सोमबार कारोबार खुले लगतै नेप्सेमा ३३ अंककाे गिरावट देखिएकाे थियाे। यो साता ४ कारोबार दिनमध्ये सोमबार ३३ दशमलव ३३ अंकको गिरावटसँगै नेप्से परिसूचक २६ सय ७० दशमलव ६ अंकको बिन्दुमा पुगेको थियो ।
गत साता २६ सय ९३ अंकको बिन्दुमा रोकिएको नेप्से परिसूचक सोमबार, मंगलबार, बिहिबार घट्याे । त्यसैगरी, मंगलबार ३ दशमलव ४४ अंकको गिरावट आउँदा बजार २६ सय ६६ दशमलव ६१ अंकमा पुगेको थियो । त्यस्तै , बुधबार ९ दशमलव ६६ अंकको वृद्धि आएसँगै २६ सय ६६ २८ को बिन्दुमा कारोबार बन्द भयो । साथै, साताको अन्तिम कारोबाराको दिन बिहिबार नेप्से परिसूचक ५ दशमलव ५७ अंकको गिरावट आएको थियो ।
साताको दोस्रो कारोबारको दिन सोमबार ५ अर्ब ५५ करोड रूपैयाँ, मंगलबार ५ अर्ब २५ करोड रुपैयाँको कारोबार भएको थियो। यस्तै, बुधबार ४ अर्ब ४० करोड रूपैयाँ, बिहिबार ५ अर्ब ५८ करोडको कारोबार भयो ।
गत साता नेप्सेमा ४० अंकको वृद्धि देखिएको थियो । यो साताकोभन्दा गत साताको कारोबारमा ६ अर्ब बढिको कारोबार भएको छ। गत साता पनि ४ दिन नै कारोबार हुदा पनि २६ अर्ब भन्दा माथिको कारोबार भएको थियो । तर, यस साता २१ लाख बढिको कारोबार भएको छ ।
प्रतिक्रिया