साताको सुन कारोबार: प्रतितोला १० हजार ५ सय रुपैयाँले बढ्यो मूल्य

साताको सुन कारोबार: प्रतितोला १० हजार ५ सय रुपैयाँले बढ्यो मूल्य


काठमाडौं – यो साताको आइतबार, सोमबार र मंगलबार सुनको मूल्यमा निरन्तर गिरावट देखिएको थियो । आइतबार प्रतितोला १९ सय रुपैयाँले घटेको  सुनको मूल्य  सोमबार प्रतितोला सात सय रुपैयाँ र मंगलबार चार सय रुपैयाँले घट्यो ।  मूल्य घटेसँगै तीन दिन सुनकाे मूल्य क्रमशः  १ लाख ७४ हजार पाँच सय रुपैयाँ, १ लाख ७३ हजार आठ सय रुपैयाँ र  १ लाख ७३ हजार चार सय रुपैयाँमा कारोबार भयो । 

लगातार तीन दिनसम्म घटेको सुनको मूल्यदेखि भने बढ्यो । बुधबार प्रतितोला  २ हजार रुपैयाँले बढ्दै सुनको मूल्य प्रतितोला १  लाख ७५ हजार चार सय रुपैयाँ पुग्यो । त्यस्तै, बिहीबार ५७ सय रुपैयाँले बढेको  सुनको मूल्य शुक्रबार ३९ सय रुपैयाँले बढ्यो ।  मूल्यमा भारी रकमको वृद्धिसँगै बुधबार प्रतितोला  १ लाख ८१ हजार एक सय रुपैयाँले बढ्दै ऐतिहासिक बिन्दुमा पुग्याे।

यस्तै, साताको अन्तिम कारोबारको दिन शुक्रबारसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १ लाख ८५ हजार रुपैयाँ पुग्यो । समग्रमा यो साता सुनको मूल्यमा १० हजार ५ सय रुपैयाँको वृद्धि देखियो ।