काठमाडौं – तीनकुनेको हिंसात्मक घटनापछि फरार भएका दुर्गा प्रसाईँलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं ल्याइएको छ।
प्रसाईँलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमानमार्फत् काठमाडौं ल्याइएको हो। प्रसाईँलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा ल्याइएको छ।
उनीविरुद्ध आजै म्याद थप गर्ने तयारी छ । गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनपछि प्रसाईँलाई फरार थिए ।
प्रतिक्रिया