दुई दिनमा ९ हजार ६ सय रुपैयाँले बढ्याे सुन, ताेलाकाे १ लाख ८५ हजार

दुई दिनमा ९ हजार ६ सय रुपैयाँले बढ्याे सुन, ताेलाकाे १ लाख ८५ हजार


काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड राखेको छ । आज सुनको मूल्य प्रतितोला  ३ हजार ९  सय रूपैयाँले बढेको हो । नेपाल   सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला मूल्य एक लाख ८५ हजार रुपैयाँ पुगेको छ। 

बिहीबार प्रतितोला पाँच हजार सात सय रुपैयाँ बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। हिजो सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।