काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि शेयर दाखिल खारेज बन्द (बुक क्लोज) गर्ने भएको छ । कम्पनीको चैत २८ गते (हिजो) बसेको सञ्चालक समितिको १३६औँ बैंठकको निर्णय अनुसार २०८२ वैशाख ५ गते हकप्रद शेयर निष्कासनको लागि बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ करोड ६ लाख ९६ हजार ३ सय २० कित्ता साधारण शेयर साबिक शेयर धनीहरूलाई हकप्रद मार्फत निष्कासन गर्ने भएको हो । उक्त शेयर नेपाल स्टक एक्चेञ्जमा कारोबार शेयर खरिद गर्ने शेयरधनीहरूले मात्र यस हकप्रद शेयरका लागि दरखास्त दिन सक्नेछन् ।
हाल यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ रहेको छ । हकप्रद शेयर जारी भएपछि यसको चुक्ता पुँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ । सन नेपालको हकप्रद शेयर प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग रहेकाे छ ।
प्रतिक्रिया