काठमाडाैं – नेपाल उद्योग वाणिज्य महासघंले वार्षिक साधारणसभा एवं उद्योग वाणिज्य दिवस २०८१ को अवसरमा विभिन्न ७ संस्थालाई सम्मानका लागि सिफारिश गरेको छ । महासघंले आज आफ्नो ५९औं वार्षिकोत्सवको अवसरमा विभिन्न शीर्षकमा ७ सदस्य संस्थालाई सम्मानका लागि सिफारिश गरेको हो ।
यसक्रममा सबैभन्दा बढी कर तिर्ने सदस्य संस्था अन्तर्गत डावर नेपाल लगायतका संस्थालाई सिफारिस गरेकाे छ । आर्थिक वर्ष २०७९/८० को आय विवरणअनुसार सबैभन्दा बढी कर तिर्ने सदस्य संस्थाहरूअन्तर्गत डावर नेपाल, नविल बैंक, तारागाउँ रिजेन्सी होटल, भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर, भोटेकोशी पावर कम्पनी, सिटी एक्सप्रेस, र वक्रश बिजनेस नेपाल प्राइभेट लिमिटेडलाई सम्मानित गरेकाे हाे ।
यस्तै, सामाजिक उत्तरदायित्व क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेबापत सिन्धुली उद्योग वाणिज्य संघलाई सम्मान गर्ने भएकाे छ । त्यस्तै, वस्तु समूहतर्फबाट नेपाल हस्तकला महासंघलाई कर छुटसहित सम्मानका लागि सिफारिस गरेकाे छ । यसैगरी महासंघका प्रादेशिक शाखाहरूमध्ये उत्कृष्ट शाखाकाे रूपमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशलाई सम्मानका लागि सिफारिस गरेकाे छ ।
साथै,महासंघमा २५ वर्ष सेवा अवधि पूरा गरेका निर्देशक सूर्यबहादुर पौडेल र उपनिर्देशक विदुर चन्द्र लामिछानेलाई प्रशंसा–पत्र प्रदान गरिने निर्णय समेत गरेकाे छ ।
प्रतिक्रिया