काठमाडौं – क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य पहिलो कारोबार दिन नै १० प्रतिशतले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजदेखि कारोबार खुलेको क्रेस्ट माइक्रो लाइफको शेयर मूल्यमा पहिलो दिन नै लगानीकर्ता झुम्मिएका हुन् ।
यससँगै, आज कम्पनीको शेयर मूल्य ९.९८ प्रतिशत बढ्यो । सुरुवाती कारोबार ३०२ रुपैयाँ प्रतिकित्तामा सुरु भएको यो कम्पनीको शेयर मूल्य बन्द हुँदासम्म प्रतिकित्ता ३० रुपैयाँ बढ्यो । यससँगै, कारोबार बन्द हुँदासम्म कम्पनीको शेयर मूल्य प्रतिकित्ता ३३२ रुपैयाँमा पुगेर रोकियो ।
कारोबार अवधिभरमा आज यो कम्पनीको शेयर माग गर्ने लगानीकर्ता उच्च रहे । तर, पनि बिक्रीकर्ताले भने शेयर बेचेनन् । क्रेस्टको साधारण शेयर आइपीओ माघ १५ देखि बिक्री खुलेको थियो । कम्पनीले सर्वसाधारणलाई २२ लाख ५० हजार कित्ता शेयर बिक्री खुलाएको थियो ।
कम्पनीको आईपीओमा आवेदन दिने समय माघ २९ गतेसम्म तोकिएको थियो । कम्पनीले चैत ५ गते आईपीओ बाँडफाँड गरेको थियो । यस्तै, चैत २७ गते (बुधबार) नेप्सेमा सूचीकृत भएको थियो ।
प्रतिक्रिया