काठमाडौं – पियोर इनर्जी लिमिटेडले आजदेखि आईपीओ निष्कासन गरेको छ। पहिलो चरणको आईपीओ बाँडफाँडपछि बाँकी रहेको १२ लाख ९६ हजार कित्तामध्ये ७२ हजार कित्ता सामूहिक लगानी कोषको लागि र २८ हजार ८०० कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित गरिएको कम्पनीले जनाएको छ।
त्यस्तै, बाँकी रहेको ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई निष्कासन गरेको हो। यसमा लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति वैशाख २ गते रहेको छ। यस कम्पनीले आफ्नो जारी पुँजी ८० करोडको अन्य क्षेत्रमा बाँडफाँड पश्चात बाँकी रकम सर्वसाधारणहरुको लागि छुट्याएको हो ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जम्मा १६ लाख कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
प्रतिक्रिया