काठमाडौं – नेपाल राष्ट्र बैंककाअनुसार गत फागुनसम्ममा २ करोड ६७ लाख ५७ हजार बढीले मोबाइल बैंकिङ्गको प्रयोग गरेका छन् । सूचना प्रविधिको बढ्दोसँगै पछिल्लो समय डिजिटल कारोबार गर्नेहरूको संख्या बढ्दै गएको हो ।
पछिल्लो एक वर्षमा मोबाइल बैंकिङ्ग प्रयोग गर्नेको संख्या २९ लाख ७३ हजारले वृद्धि भएको नेपाल राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार २०८० फागुन मसान्तसम्म मोबाईल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ७८ लाख ३३ हजार ८९ रहेको थियो । २०८१ को फागुनसम्म आइपुग्दा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या २ करोड ६७ लाख ५७ हजार १९४ पुगेको छ ।
मोबाइल बैंकिङ्ग प्रयोगकर्ताको संख्या बढ्दैजाँदा मोबाईल बैंकिङ्गबाट हुने कारोबार पनि बढ्दै गएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार २०८१ फागुन महिनासम्ममा मोबाइल बैंकिङ्गबाट ४ खर्ब १५ अर्ब ७५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । गत वर्ष २०८० फागुन महिनासम्ममा भने मोबाइल बैंकिङ्गबाट २ खर्ब ९१ अर्ब ९५ करोड बढीको कारोबार भएको थियो ।
प्रतिक्रिया