८ महिनामा वाणिज्य बैंकहरुको नाफा ४३ अर्ब ४९ करोड, कुन बैंकको कति ?

८ महिनामा वाणिज्य बैंकहरुको नाफा ४३ अर्ब ४९ करोड, कुन बैंकको कति ?


काठमाडौं – हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको ८ महिनाकाे अवधिमा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको यसै अवधिमा बैंकहरुले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ नाफा कमाएका थिए । गत आर्थिक वर्षको यही अवधिको तुलनामा बैंकहरुको नाफा २.८१ प्रतिशतले बढेको हो।

समिक्षा अवधिमा सबैभन्दा धेरै कमाउने वाणिज्य बैंकमा नबिल बैंक रहेकाे छ । बैंकले ८ महिनामा ४ अर्ब ७८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यस्तै, ग्लोबल आइएमई बैंकले ४ अर्ब ७२ करोड ९४ लाख रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ४ अर्ब ८ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

यस्तै, चालु आर्थिक वर्षको फागुसम्म स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब १७ करोड ५२ लाख रुपैयाँ, प्रभु बैंकले २ अर्ब ११ करोड ५० लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ९९ करोड २७ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब ७२ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। त्यस्तै, चालु आर्थिक वर्षको फागुनसम्म सानिमा बैंकले १ अर्ब ६८ करोड ३२ लाख रुपैयाँ र हिमालयन बैंकले १ अर्ब ६६ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

फागुनसम्म नेपाल एसबीआई बैंकले १ अर्ब २४ करोड ९० लाख रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ, माछापुच्छ्रे बैंकले १ अर्ब १६ करोड २२ लाख रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब १६ करोड १६ लाख रुपैयाँ, कुमारी बैंकले ९६ करोड ९१ लाख रुपैयाँ, एनआईशी एशिया बैंकले ८१ करोड ९९ लाख रुपैयाँ र कृषि विकास बैंकले ७३ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।

यसैगरी, चालु आर्थिक वर्षको फागुननसम्म एभरेष्ट बैंकले ३ अर्ब ८८ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ, एनएमबि बैंकले २ अर्ब ७१ करोड ६७ लाख रुपैयाँ र प्राइम बैंकले २ अर्ब ५० करोड ३० लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।