काठमाडौं – नेपाल क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । बुधबार (आज) देखि सो कम्पनीको अंकित मूल्य १०० का दरले कुल ७५ लाख कित्ता शेयर सूचीकृत गरेको हो ।
कम्पनीले निष्कासन गरेको कुल कित्ता शेयरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारण र ५२ लाख ५० हजार कित्ता शेयर संस्थापक शेयरधनीहरुका लागि शेयर सूचीकृत गरेको हो ।
नेप्सेमा सूचीकृत भए लगतै कम्पनीको शेयर (चैत २८) भोलीदेखि दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।
प्रतिक्रिया