काठमाडौं – चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनामा कुल विदेशी विनिमय सञ्चिति २४ खर्ब नाघेको छ। आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति रिपोर्टअनुसार आठ महिनामा ९ अर्ब २५ करोड रुपैयाँ पुगेको हो । २०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति १८.० प्रतिशत बढेर फागुनमा २४ खर्ब माथि पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति १३.१ प्रतिशतले वृद्धि भई १७ अर्ब २७ करोड पुगेको छ । गत असारसम्म १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति असारमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा ८ महिनामा १५.२ प्रतिशतले वृद्धि भई २१ खर्ब ३० अर्ब ३१ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा फागुनमा ४४.९ प्रतिशतले वद्धि भई २ खर्ब ७८ अर्ब ९५ करोड रुपैयाँ कायम भएको राष्ट्र बैंकले जनाएको छ । २०८१ फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.७ प्रतिशत रहेको छ ।
प्रतिक्रिया