९ प्रतिशतले बढ्यो रेमिट्यान्स, घटेनन् श्रम स्वीकृति लिनेहरु

९ प्रतिशतले बढ्यो रेमिट्यान्स, घटेनन् श्रम स्वीकृति लिनेहरु


काठमाडौं – नेपाल राष्ट्र बैंककाअनुसार चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा विप्रेषण आप्रवाह ९.४ प्रतिशतले बढेको छ । आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति रिपोर्टअनुसार आठ महिनामा ९ प्रतिशतले बढेको रेमिट्यान्स १ खर्ब ५१ अर्ब ७७ करोड पुगेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.९ प्रतिशतले वृद्धि भई ७ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।

त्यस्तै, आलसम्म खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. ११४८ अर्ब १२ करोड पुगेको छ भने अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १ खर्ब ४१ अर्ब ९९ करोड रहेको थियो । नेपाल राष्ट्र बैंककाअनुसार समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३ लाख १७ हजार ६८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख १७ हजार ४०३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः २ लाख ८५ हजार ३५२ र १ लाख ८२ हजार ७८३ रहेको थियो ।