९ अंकले नेप्से बढ्दा कारोबार रकम ४ अर्ब माथि, १३ वटै उपसूचकमा हरियाली छायो

‘बैंकिङ्ग समूहमा ० दशमलव ०२ अंकको वृद्धि’


काठमाडौं – बुधबार शेयर बजारमा वृद्धि देखिएको छ । आज शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ९.६६ अंकको वृद्धिसँगै बजार २६ सय ७६ दशमलव २८ को बिन्दुमा रोकिएको छ ।

आज ३१७ कम्पनीको १ करोड ७३ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । आज १५४ कम्पनीकाे शेयर मूल्य बढ्दा ९० कम्पनीकाे घटेकाे छ ।

आज दिनभरिमा ३१७ कम्पनीको १ करोड ७३ लाख ८२२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको शेयर कारोबार भएको हो । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४२ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको ३० करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २७ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका हुन् ।

बोटलर्स नेपाल बालाजूका लगानीकर्ताले ५ दशलमव १६ प्रतिशतका दरले कमाएका छन् । सोल्टी होटलका लगानीकर्ताले ४ दशलमव १७ प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले ३ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरे सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् । यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ।