स्वाभिमान लघुवित्तले बोलायो आठौं वार्षिक साधारण सभा


काठमाडौं – स्वाभिमान लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई आठौँ वार्षिक साधारण सभामा बोलाएको छ । सभा आगामी वैशाख १९ गते शुक्रबार तिलोत्तमा–५, रुपन्देहीस्थित कम्पनीको आफ्नै केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ। कम्पनीको चैत २५ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो।

संस्थाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्न आठौँ वार्षिक साधारण सभा बोलाएको छ।

संस्थाले सभामार्फत आ.व २०८०/८१ को लागि लेखा परीक्षक नियुक्त गर्नेछ ।