काठमाडौं – नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो । मूल्य बढेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला छापावाल सुन १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदी मूल्य तोलामा ५ रुपैयाँले बढेर १ हजार ८५३ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको १ हजार ८३० रुपैयाँमा कारोबार भएको थियो।






About Us
प्रतिक्रिया