कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्ने भएको छ । बैंकले शेयरधनीहरुको ८ हजार ५ सय कित्ता शेयर बिक्री गर्ने भएको हो ।

नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशन न.१०/२०८१ बमोजिम उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक अन्य व्यक्ति तथा संस्थाहरुले सुचना प्रकाशित भएको मिति (चैत्र २७) ले ७ दिनभित्रमा आवेदन दिन सक्नेछन्।

उक्त शेयर खरिदको लागि आवश्यक प्रमाण संग्लन गरी बैंकको केन्दिय कार्यालय ज्ञानेश्वर काठमाडौंमा आफूले कति शेयर खरिद गर्ने हो सो को लागि आवेदन दिन सकिनेछ ।