काठमाडौं – विश्व बैंकले काठमाडौंस्थित कार्यालयका लागि अर्थशास्त्री पदमा दरखास्त आह्वान गरेको छ। बैंकले दरखास्त आह्वान गर्दै ३ वर्षका लागि अर्थशास्त्री पदमा दरखास्त आह्वान गरेकाे हाे।
साे पदका लागि याेग्यतामा अर्थशास्त्र, वित्त, व्यवस्थापन, व्यवसाय प्रशासन वा सार्वजनिक नीतिमा स्नातकोत्तर वा पीएचडी ताेकिएकाे छ । साथै, सम्बन्धित क्षेत्रमा पाँच वर्षकाे कार्याअनुभव हुनुपर्नेछ।
यस्तै, भाषामा अंग्रेजी र नेपाली ताेकिएकाे छ । योग्यता पुगेका इच्छुक अर्थशास्त्रीले वैशाख २ गते (अप्रिल १५) सम्म आवेदन दिन सक्नेछन्। आवेदनका लागि इच्छुकहरूले थप जानकारी लागि बैंककाे वेबसाइट http://www.worldbank.org हेर्न सकिनेछ।
प्रतिक्रिया