काठमाडौं । द्रुपदा सापकोटा परराष्ट्र मन्त्रालय मातहतको कन्सुलर विभागको महानिर्देशक बनेकी छिन् । परराष्ट्र मन्त्रालयको मन्त्रालयस्तरको सहसचिवहरु सरुवा गर्दै सापकोटालाई कन्सुलर विभागको महानिर्देशकको जिम्मेवारी दिएको हो । यससँगै सापकोटा विभागको पहिलो महिला महानिर्देशक बनेकी छिन् ।
परराष्ट्र मन्त्रालयले एकै पटक झण्डै दर्जन सहजसचिवहरुको सरुवा गरेको छ । मन्त्रालयले विदेशमा सेवा गरेर फर्केका र हालसालै परिक्षा उतिर्ण गरेर सहसचिव बनेका गरी दर्जन सहसचिव सरुवा गरेको हो ।
सरुवा हुनेहरुमा ज्ञानबहादुर मगर, पारस पण्डित, हरि ओडारी, दधी भण्डारी, द्रुपदा सापकोटा, लक्ष्मण खनाल, सुरेन्द्र यादव र सुरेश अधिकारी सरुवा भएका छन् । ज्ञानबहादुर मगर न्यूयोर्कमा रहेको नेपाली नियोगमा र दधी भण्डारी अमेरिकामा रहेको नेपाली दूतावासमा सरुवा भएका छन् ।
प्रतिक्रिया