काठमाडौं – अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंक स्वायत्त निकाय भएकाले मौद्रिक नीतिका व्यवस्थामा सरकारले हस्तक्षेप गर्न नमिल्ने बताएका छन्। मंगलबार नाडा अटो डाईलग २०८१ लाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले लोन टु भ्यालु रेसियोमा ६० वा ८० को व्यवस्था राष्ट्र बैंकसँग छलफलगरी समाधान गर्न नाडालाई आग्रह गरे।
हालको व्यवस्था, संसोधन तथा थप गर्ने विषय र त्यसको परिणाम स्पष्ट हुनेगरी सुझाव दिन पनि पौडेलले आग्रह गरेका छन्।पछिल्लो समयमा ६ लेन र ४ लेनका सडक पूर्वाधार निर्माण गरिरहेको बताउँदै उनले व्यवसायीले कस्ता पूर्वधारलाई प्रथामिकता दिने भन्नेमासमेत सुझाव दिनुपर्ने बताए।
प्रतिक्रिया