काठमाडौं– साताको तेस्रो कारोबारको दिन मंगलबार शेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । सोमबार भारी अंकले घटेको शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज १ दशमलव ७३ अंकको सुधार देखिएको हो । सामान्य अंकले बढेसँगै बजार २६ सय ७१ दशमलव ०.०६३ को बिन्दुमा रोकिएको छ ।
आज दिनभर १ करोड ६४ लाख ३ हजार ४६९ कित्ता शेयर किनबेच हुँदा ५ करोड ३० लाख माथिको कारोबार भएको छ । आज १२३ कम्पनी घाटामा जाँदा १२१ कम्पनी नाफामा गएका छन् ।
आज बोर्टल्स नेपाल (बालाजु) लिमिटेड र वीन नेपाल लद्युवित्त वित्तीय संस्थाले १० प्रतिशतले कमाएका छन । यस्तै, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ९ दशमलव ९९ प्रतिशतले कमाएको छ ।
आज सबैभन्दा धेरै नेपाल इन्फ्राइटक्चर एन्ड डेभलपेन्ट लिमिटेडको ५९ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै, हिमालयन रिइन्स्योरेन्सको ४ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै अर्थात् ७४ दशमलव ८२ अंकले गुमाएका छन् । आज ६ उपसूचकमा हरियाली आएको छ भने ७ उपसूचक घटेका छन् ।



About Us
प्रतिक्रिया