एकैदिन १० अर्बले बढ्दै ६८ खर्ब पुग्यो बैंकिङ्ग निक्षेप, सिडी रेसियो ७९.३४ प्रतिशत 

एकैदिन १० अर्बले बढ्दै ६८ खर्ब पुग्यो बैंकिङ्ग निक्षेप, सिडी रेसियो ७९.३४ प्रतिशत 


काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन एक दिनमा १० अर्बले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत २० गते निक्षेप १० अर्बले बढेर ६८ खर्ब रुपैयाँ पुगेको छ । चैत १९ गते बैंकहरूको निक्षेप ६७ खर्ब ९०अर्ब रुपैयाँ रहेको थियो ।

यस्तै, चैत १९  गते ६० खर्ब ६३ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकको निक्षेप भोलिपल्ट बढेर ६० खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ । सो समयमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानीमा पनि वृद्धि देखिएको छ ।

समीक्षा अवधिमा कर्जा प्रवाह ५ अर्बले बढेर ५४ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ । यस्तै, २० गते वाणिज्य बैंकहरुको कर्जा प्रवाह पनि ४ अर्बले बढ्दै ४८ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ । 

तथ्यांकअनुसार सो समयमा औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ३९ दशमलव ३४ प्रतिशत र अन्तर बैंक ब्याजदर ३ प्रतिशत रहेको छ ।