काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले ७ लाख बढी कित्ता शेयर बिक्रीमा राखेको छ । बैंकले शेयर लिलाम प्रक्रिया मार्फत १४ हजार ९५० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हाे ।
शेयरको न्यूनतम बिक्री मूल्य प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले खरिदका लागि आवेदन दिँदा घटीमा १ हजार कित्ता माग गर्न सक्नेछन् । बढीमा १०० ले निःशेष भाग जाने वा सम्पूर्ण कित्ता माग गर्न सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज चैत २६ गतेदेखि वैशाख ९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेकाे छ ।
प्रतिक्रिया