मितेरी डेभलपमेन्ट बैंकको सञ्चालक तण्डुकारको राजीनामा स्वीकृत 

 मितेरी डेभलपमेन्ट बैंकको सञ्चालक तण्डुकारको राजीनामा स्वीकृत 



 काठमाडौं –  मितेरी डेभलपमेन्ट बैंक लिमिटेडका सञ्चालक गम्भीरमान तण्डुकारले राजीनामा दिएका छन् ।  बैकको चैत २० गते सम्पन्न सञ्चालक समितिको  २५६ औं बैठकबाट तण्डुकारको राजीनामा स्वीकृत  गरेको हो ।  उक्त संस्थाले  चैत २० गते देखि लागू हुने गरी तण्डुकारको राजीनामा स्वीकृत गरेको हो  । सञ्चालक समितिमा संस्थागत समुहबाट प्रतिनिधित्व गर्दे आएका तण्डुकारले आफ्नो व्यक्तिगत कारण देखाई  सो पदबाट राजीनामा दिएका हुन् ।