काठमाडौं – आगामी महिना वैशाखबाट तीन वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाहिरिने भएका छन् । वैशाख महिनामा प्रभु बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ बाहिरिने भएका हुन् ।
प्रभुका सीईओ अशोक शेरचन, हिमालयनका सीईओ अशोक राणा, एनआईएमबिका सीईओ ज्याेति प्रकाश पाण्डे र उच्च अदालत पाटनको फैसलाअनुसार प्रभुका सीईओ अशोक २०८२ वैशाख ९ गतेसम्म मात्र सीईओको रुपमा काम गर्न पाउने भएसँगै उनी बैंकबाट बाहिरिन लागेका हुन् ।
यता एनआईएमबि र हिमालयनका सीईओहरुले दुई कार्यकाल पूरा गरिसकेका छन् । कुनै एक व्यक्ति लामो समयसम्म एउटै पदमा रहँदा स्वार्थ बाझिने भएकाले पनि प्रमुख कार्यकारी अधिकृत २ कार्यकालभन्दा बढी रहन नमिल्ने व्यवस्था नै रहेको छ । सोही व्यवस्था बमोजिम उनीहरू बैंकबाट बाहिरिने भएका हुन् । वैशाखमा नै एनएमबि बैंकका सीईओ सुनिल केसी बाहिरिने छन् । एनएमबी बैंकका सीईओ सुनिल केसीको कार्यकाल वैशाखमा सकिने गरी सञ्चालक समितिले ४० दिनका लागि थप गरिसकेकाे छ ।
कुन बैंकमा को आउँलान् सीईओ ?
यस्तै, एनएमबी बैंकले भने नयाँ सीईओ कसलाई दिने भन्ने निर्णय समेत गरिसकेको छ । सुनिल केसी बाहिरिने भएपछि बैंकका डेपुटी सीईओ गोविन्द घिमिरेले सीईओको पद सम्हाल्नेछन् । यता अन्य तिन बैंकमा को सीईओ आउलान् भनेर सबैको चासो बढ्दै गएको देखिन्छ ।
पछिल्लो चरण बैंकहरुले ‘इनहाउस’बाटै सीईओ रोज्दै आइरहेका छन् । यो ‘कल्चर’ लाई हेर्दा यी तिन बैंकहरुले पनि इनहाउस’बाटै सीईओ रोज्नसक्ने बताइन्छ । हालका सीईओ बाहिरिएपछि प्रभुले आफ्नै बैंकबाट सीईओ रोजे हालका डीसीईओ मनिराम पोखरेल बैंकको सीईओ बन्ने छन् । यस्तै, हिमालयन बैंकमा भने दुईजना डिसीईओ छन् जसकारण सीईओ कसले पाउँला भनेर भन्न सकिने अवस्था छैन । जे होस् बैंकले इनहाउसबाटै सीईओ रोजे बैंकका डीसीईओहरु उज्जल राजभण्डारी र अनुप मास्के दुवै अब्बल रहेको बताइन्छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा महेश शर्मा ढकाल डीसीईओ छन् उनी सीईओ बन्न सक्ने अनुमान गर्न थालिएको छ । त्यस्तै, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका सीईओ, गुड विल फाईनासका सीईओ पनि आफ्नो कार्यकाल पूरा गरी वैशाखबाट बिदा हुँदैछन् ।
प्रतिक्रिया