काठमाडौं – समता घरेलु लघुवित्त संस्थाले प्रचलित कानुनको अधीनमा रही शेयर सम्बन्धी सेवा उपलब्ध गर्ने र गराउने गरी शेयर रजिस्ट्रार नियुक्त गरेको छ ।
संस्थाको चैत २२ गते बसेको सञ्चालक समितिको १७४ औँ बैठकको निर्णयअनुसार शेयर रजिस्ट्रारका रूपमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड टेकु काठमाडौंलाई नियुक्त गरेको हो ।
शेयर रजिस्ट्रारमा कम्पनीलाई चैत २२ गते देखि लागू भई २०८३ , वैशाख २ गतेसम्म बहाल हुने गरी नियुक्त गरिएको हो ।
प्रतिक्रिया