कतार विश्वकपः कति खर्च भयो कतारको, कति कमाउछ ?

कतार विश्वकपः कति खर्च भयो कतारको, कति कमाउछ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नोवेम्बर २० देखि एसियाली मुलुक कतारले ४ बर्षमा हुने फुटबलको महाकुम्भ  फिफा विश्वकपको आयोजना गरिरहेको छ । साथै, विश्व फुटबल संघ (फिफा) ले आयोजक राष्ट्र कतारलाई १० अर्ब डलर भन्दा बढी उपलब्ध गराएको छ । ३२ राष्ट्र सम्मिलित यस प्रतियोगितामा विश्वभरीका खेल प्रेमीले यो प्रतियोगिता हेरिरहेका छन् । चाहे त्यो प्रत्यक्ष कतार मै गएर होस वा टिभीको माध्यमबाट नै किन न होस्, जे–जसरी हेरेपनि दर्शकले मनोरञ्जन भने लिई रहेका छन् । 
तर विश्वकप आयोजना गर्ने राष्ट्रलाई के–कति आर्थिकलाभ हुन्छ त ? 

कति खर्च गर्याै कतारले ?
विश्वकप आयोजक राष्ट्रहरुले निकै धेरै लगानी गरेका हुन्छन् । जसमा कतारले पनि विश्वकप आयोजनाको लागि भनेर निकै लगानी गरेको छ । कतारले हाल सम्म भौतिक पूर्वाधार निर्माण लगायतको क्षेत्रमा कुल २ सय २० विलियन डलरभन्दा बढी खर्च गरेको छ । जसमा कतारले गरेको खर्च सन् २०१० मा दक्षिण अफ्रिकाले गरेको खर्च भन्दा ७ गुणाले बढी हो । 

यति धेरै लगानी गरेको कतारले आयोजक भएको नाताले पाउने उसले पैसा भने पाउँने छैन । टिकट, स्पोन्सरसीपको साथै ब्रोडकास्ट गरेको पैसा भने फिफाको खातामा जाने छ । 
आम्दानी नै नभएपनि आयोजक राष्ट्रको भने होटल, पर्यटक क्षेत्रमा भने राम्रो आम्दानी हुने गरेको छ । यी शिर्षक बापतको पैसा भने आयोजक राष्ट्र आफैले राख्न पाउँने छ । तर अन्य टिकट, ब्रोडकास्ट मार्फत उठेको रकम भने फिफा लाई नै जान्छ । 
त्यस्तै, सन् २०१८ मा रसियाले गरेको विश्वकप आयोजनामा भौतिक पूर्वाधार निर्माणमा मात्रै कुल ११.८ मिलियत डलर खर्च गरेको थियो । 

कति पाउछन् खेलाडीहरुले ?
विश्वकपमा छनोट भएका खेलाडीहरुको क्लबलाई फिफाले २० करोड डलर दिने गर्दछ । जसमा विश्वको ४१६ वटा क्लबले फिफाले दिन्छ । जसमा फिफाले खेलाडीहरुलाई दिन भनेर ४४ करोड डलर छुट्टाएको छ । त्यस्तै, फिफाबाट प्रतिव्यक्ति अधिकतम ३ लाख ७० हजार डलर पाउँछन् भने विश्वकप अवधीभरी प्रतिदिन १० हजार डलर फिफाले खेलाडीलाई उपलब्ध गर्दछ । तर यस बाहेक सम्बन्धित देशले पनि आफ्ना खेलाडीलाई रकम प्रदान गर्दछ तर सो रकम यति नै भन्ने हुदैन, त्यो भनेको सम्बन्धित राष्ट्रमा भर पर्ने कुरा हो । 

टिमले कति पाउँछन् ?
विश्वकपमा प्रवेश गरेपछि यसमा पनि विभिन्न चरणमा जाने राष्ट्रहरुलाई फिफाले रकम प्रदान गर्दछ । जसमा ग्रूप स्टेज बाट बाहिरिने २ टिमलाई फिफाले ९ मिलियन डलरको दरले रकम  प्रदान गर्दछ । त्यस्तै, राउन्ड अफ १६ मा पुग्ने टिमलाई १३ मिलियन डलर, क्वाटरफाईनलमा पुग्ने टिमलाई १७ मिलियन डलर प्रदान गर्दछ भने चौथौ हुने राष्ट्रलाई ८.२५ मिलियन डलर, तेस्रौ हुनेलाई २७ मिलियन डलर, दोस्रो हुनेलाई ३० मिलियन डलर फिफाले दिन्छ भने, प्रथम हुने टिमलाई ४२ मिलियन डलरको साथै सुनको ट्रफि प्रदान गर्दछ । 
१९८२ देखि हाल सम्मको विश्वकप विजेताले प्राप्त गरेको रकम                   

  साल      प्राप्त रकम (डलरमा)
१९८२    २.२   मिलियन       
१९८६  २.८  मिलियन
१९९०     ३.५  मिलियन
१९९४    ४     मिलियन
१९९८     ६     मिलियन
२००२     ८    मिलियन
२००६   २०  मिलियन
२०१०    ३०  मिलियन
२०१४ ३५  मिलियन
२०१८    ३८  मिलियन
२०२२   ४२  मिलियन