काठमाडौं – साेमबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हाे ।
योसँगै प्रतितोला छापावाल सुन १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनकाे मूल्य १ लाख ७४ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको मूल्य भने सामान्य बढेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेको हो । यससँगै चाँदी तोलामा १८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १८ सय रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया