काठमाडौं – पछिल्लो समय बैंकिङ्ग निक्षेपमा सामान्य गिरावट देखिएको छ । केन्द्रीय बैंककाे चैत १८ र १९ गतेकाे तथ्यांकअनुसार बैंकिङ्ग निक्षेपमा २ अर्बको गिरावट देखिएको हो । तथ्यांकअनुसार चैत १८ गते ६७ खर्ब ८७ अर्ब रुपैयाँ रहेको निक्षेप १९ गते २ अर्ब रुपैयाँले घटेको छ ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरूकाे निक्षेपमा पनि २ अर्ब रुपैयाँकै गिरावट देखिएको छ । १८ गते ६० खर्ब ६० अर्ब रुपैयाँ रहेको निक्षेप १९ गते घटेर ६० खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकिङ्ग निक्षेपमा गिरावट देखिँदा कर्जा प्रवाह ३ अर्ब रुपैयाँले बढेको छ । अघिल्लो दिन ५४ खर्ब ६८ खर्ब रुपैयाँ रहेको निक्षेप भोलिपल्ट बढेर ५४ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तै, सो समयमा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जा पनि ३ अर्ब रुपैयाँले नै बढेको छ । सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत सिडी रेसियो ७९ दशमलव ३८ प्रतिशत रहेको छ।
प्रतिक्रिया