काठमाडौं – एनआईसी एशिया बैंकको ऋणपत्र (डिबेन्चर) आजदेखि खुला भएको छ। बैंकले ५ अर्ब रुपैयाँ बराबरको ७ प्रतिशत ब्याजदर भएको १० वर्षे अवधिको ‘७ प्रतिशत एनआईसी एशिया डिबेन्चर २०९१’ निष्कासन गरेको हो।
अंकित मूल्य १ हजारका दरले कम्पनीले कुल ५० लाख कित्ता निष्कासन गर्न लागेको हो। जसमध्ये २ अर्बको २० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुन लागेको हो। न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिनेछ। अनलाइन प्रणाली मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ। आवेदन चैत २८ गतेसम्म दिनुपर्नेछ।
२८ गतेसम्म पर्याप्त आवेदन नपरेमा म्याद आगामी वैशाख ८ गतेसम्मका लागि थपिने बैंकले जनाएको छ। ऋणपत्र निष्कासक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। १० वर्षे अवधिको यस ऋणपत्रमा लगानी गर्नेले हालको व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरभन्दा बढी प्रतिफल पाउने छन्।
प्रतिक्रिया