मन्त्रीपरिषद् बैठक बस्दै, आजै गभर्नर नियुक्ती गर्ने सरकारको तयारी

मन्त्रीपरिषद् बैठक बस्दै, आजै गभर्नर नियुक्ती गर्ने सरकारको तयारी


काठमाडौं – सम्भवत सरकारले आज नेपाल राष्ट्र बैंकको १८औं गभर्नर नियुक्ती गर्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने मन्त्रीपरिषद्को बैठकले राष्ट्र बैंकको १८औं गभर्नर नियुक्तीको सम्भावना छ ।

नेपाल सरकारले चैत २४ अघि नै गभर्नर नियुक्ती गरिसक्नुपर्ने हो । तर, सत्ताधारी राजनीतिक दलहरुबीच कुरा नमिल्दा अहिलेसम्म गभर्नर नियुक्ती हुन सकेको छैन । गभर्नरको सम्भावित नामावली सिफारिस गर्ने समितिले समेत ३ जनाको नाम टुंग्याउन सकेको छैन ।

यो समितिको बैठक नै बस्न सकेको छैन । यद्यपी, आज गभर्नरबारे निर्णय गर्ने भएपछि पहिलो बैठक बसेर ३ जनाको नाम मन्त्रीपरिषद्मा पठाउन सक्छ । आजै ३ बजे बस्ने मन्त्रीपरिषद् बैठकबाट गभर्नर नियुक्तीको सम्भावना छ ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै राष्ट्र बैंक नेतृत्वविहीन छ । हाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुंगाना ‘एक्टिङ’को भूमिकामा छिन् ।