केन्द्रीय बैंकले ५ वर्षमा विकास गर्यो १४ सफ्टवेयर, ८ वटा प्रक्रियामा

केन्द्रीय बैंकले ५ वर्षमा विकास गर्यो १४ सफ्टवेयर, ८ वटा प्रक्रियामा


काठमाडौं – नेपाल राष्ट्र बैंकले ५ वर्षको अवधिमा १४ वटा सफ्टवेयर खरिद तथा निर्माण गरेको छ । आर्थिक वर्ष २०७७/७८ यता चालू वर्षसम्मको अवधिमा १४ वटा सफ्टवेयर खरिद तथा निर्माण गरेको हो ।

निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकालको उपलब्धिको विवरणमा यसबारे जानकारी दिइएको छ । जसमा राष्ट्र बैंकले १४ वटामध्ये ९ वटा सफ्टवेयर ‘इनहाउस डेभलप’ गरेको र ५ वटा सफ्टवेयर किनेको जानकारी दिएको छ ।

जसमा एसीस्ट्याटस, गुणासो सम्बन्धी प्रणाली, एनआरबी एन्ड्रोइड एप, एनआरबी वेभसाइट, इन्सिडेन्स रिपोर्टिङ सिस्टम, तमसुक म्यानेजमेन्ट सिस्टम इनहाउस बनाइएको छ । यस्तै, मिन्ट बिलिङ सिस्टम, फरेन एक्सचेञ्ज अनलाईन रिपोर्टिङ, बीटीसी ट्रेनिङ म्यानेजमेन्ट सिस्टम समेत इनहाउस बनाइएको राष्ट्र बैंकले जनाएको छ ।

यसबाहेक, एक्सचेञ्ज इमेल सिस्टम, एसेट एण्ड इन्भेन्टरी म्यानेजमेन्ट सिस्टम, लिटिगेशन म्यानेजमेन्ट सिस्टम, कन्ज्यूमर प्राइस इन्डेक्स सिस्टम र नोटचेस्ट ट्रान्ज्याक्सन सिस्टम सफ्टवेयर किनेको राष्ट्र बैंकले जनाएको छ । यसबाहेक, थप ८ वटा विभिन्न प्रकारका सफ्टवेयर खरिद तथा निर्माण प्रक्रियामा रहेको जनाइएको छ ।