काठमाडौं – उच्च अदालत तुलसीपुर, बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामा पठाएको छ । अदालतले लामिछानेलाई थुनामा पठाउन र पूर्व डिआईजी छविलाल जोशीलाई थुनामै राख्न आदेश दिएको हो ।
विहीबार दुवै पक्षको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको मुद्धाको बहस आज सकिएको थियो । बहस सकिएलगत्तै अदालतले आजै लामिछानेलाई थुनामा पठाउन आदेश दिएको हो ।
बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरुविरुद्धको मुद्दा उच्च अदालत विचाराधीन थियो । जिल्ला अदालत बुटवलले सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्ध १ करोड रुपैयाँ धरौटी मागेको थियो ।
सो धरौटी रकम धेरै भएको भन्दै लामिछाने उच्च अदालत पुगेका थिए । जिल्ला अदालतको आदेश चित्त नबुझाउँदै उच्च पुगेका रविलाई थुनामा पठाइएको हो । यससँगै, जिल्लाको आदेश भने बदर भएको छ ।
प्रतिक्रिया