काठमाडौं – नेपाल स्टक एक्सेचेन्ज (नेप्से)मा यो साता ४० अंकको वृद्धि देखिएको छ । साताको ४ दिन कारोबार भएको नेप्सेमा ३ दिन वृद्धि तथा एक दिन गिरावट आउँदा समग्रमा ४० अंकको वृद्धि भएको हो ।
गत साता नेप्से परिसूचक ६ अंकले घटेको थियो । साताको ५ दिन कारोबार भएको नेप्सेमा दुई दिन गिरावट तथा तीन दिन वृद्धि आएको थियो । तर, ३ दिनको तुलनामा दुई दिन उच्च अंकले घटेपछि गत साता समग्रमा ६ अंकले परिसूचक घटेको थियो ।
यो साताको ४ कारोबार दिनमध्ये आइतबार २९ अंकको वृद्धिसँगै नेप्से परिसूचक २६ सय ९३ अंकको बिन्दुमा पुगेको थियो । गत साता २६ सय ६३ अंकको बिन्दुमा रोकिएको नेप्से परिसूचक आइतबार, बुधबार र विहीबार बढेसँगै २७ सय ३ अंकको बिन्दुमा पुगेर रोकिएको छ ।
यसक्रममा सोमबार ईद उल फितका कारण सार्वजनिक विदा भएकाले कारोबार नभएपनि मंगलबार कारोबार खुलेसँगै १६ अंकले बजार घटेको थियो । यस्तै, बुधबार फेरी बजारले लय लिँदै २३ अंक बढ्दा नेप्से परिसूचक २७ सय अंकको बिन्दुमा पुग्यो । यसैगरी, साताको अन्तिम कारोबार दिन विहीबार नेप्से परिसूचक ३ अंकले बढेर बन्द भयो ।
यसक्रममा यो साता २६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जानकारी दिएको छ । साताको पहिला कारोबार दिन आइतबार नेप्सेमा ७ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । यस्तै, मंगबार ५ अर्ब ७४ करोड, ५ अर्ब ३७ करोड र ७ अर्ब ७६ करोड भन्दा माथिको कारोबार भयो ।
यो गता साताको तुलनामा २ अर्बको न्यून कारोबार हो । गत साताको ५ दिन कारोबार हुँदा पनि नेप्सेमा २४ अर्ब ९६ करोड रुपैयाँको कारोबार भएको थियो । जबकी, यो साता ४ दिन मात्रै कारोबार हुँदा समेत २६ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया