उच्च अदालत बुटवलमा रवि र छविको मुद्दामा बहस सकियो

उच्च अदालत बुटवलमा रवि र छविको मुद्दामा बहस सकियो


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने र पूर्व डिआईजी छविलाल जोशीको मुद्दाको उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दामा बहस सकिएको छ । बिहिबार दुवै पक्षको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो ।

बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरुविरुद्धको मुद्दा उच्च अदालतमा छ । बिहीबार प्रतिवादीतर्फ रवि लामिछानेका वकिलको बहस नसकिएपछि मुद्दा शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

जिल्ला अदालत रुपन्देहीले उक्त मुद्दामा सभापति लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने र पूर्वडीआईजी जोशीलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । उक्त आदेश चित्त नबुझेको भन्दै उनीहरूले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए ।