अष्ट्रेलियाका मानवरहित पेन्गुइनले भरिएका दुई टापुलाई समेत ट्रम्पको कर

अष्ट्रेलियाका मानवरहित पेन्गुइनले भरिएका दुई टापुलाई समेत ट्रम्पको कर


काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अष्ट्रेलियाको मानवरहित टापुमा बस्ने सिल र पेन्गुइनलाई समेत कर लगाएका छन् । ट्रम्पले विश्वभरका देशबाट आयात हुने सामाग्रीमा कर लगाउँदै अष्ट्रेलियाको मानवरहित टापुमा बस्ने पेन्गुइन र सिललाई पनि कर लगाएका हुन् ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरुका अनुसार अन्टार्कटिकका दुई पछाडीएका टापुसमेत ट्रम्पको करयुद्धमा परेका छन् । हेर्राड र म्याकडोनाल्ड्स नामक ती दुई टापुमा एक दशकदेखि घुम्न समेत मानिसहरु पुगेका छैनन् ।

४ हजार किलोमिटर क्षेत्रफलमा फैलिएका यी दुई टापु अष्ट्रेलियाको क्षेत्राधिकारमा पर्छन् । दक्षिण पश्चिमी अष्ट्रेलियाको यो ठाउँमा जानलाई कम्तिमा पनि एक हप्ताको डुंगा यात्रा तय गर्नुपर्छ । तर, यी मानवरहित स्थान पनि ट्रम्पको करबाट बच्न सकेनन् ।

यो विषय यतिबेला विश्वव्यापी चर्चा भइरहेको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले पेन्गुइन र सिलले कसरी कर तिर्लान् भन्ने शीर्षकको समाचारहरु प्रकाशन गरिरहेका छन् ।