साताको सुन कारोबारः प्रतितोला ४ सय रूपैयाँले घट्यो मूल्य

साताको सुन कारोबारः प्रतितोला ४ सय रूपैयाँले घट्यो मूल्य


काठमाडौं – साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।  त्यसदिन सुनकाे मूल्य अघिल्लो दिन अर्थात् शुक्रबारको तुलनामा ६ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७६ हजार आठ सय रुपैयाँ पुगेको थियो । 

आइतबार उच्च बिन्दुमा पुगेको सुनको मूल्यले सोमबार पनि पुनः नयाँ रेकर्ड कायम गर्याे । सोमबार प्रतितोला १  हजार एक सय रुपैयाँले बढ्दै १ लाख ७७ हजार नौ सय रुपैयाँ पुग्यो। मंगलबार सुनको मूल्य प्रतितोला १ हजार आठ सय रुपैयाँले बढ्दै  १  लाख ७९ हजार सात सय रुपैयाँमा कारोबार भयो। 

लगातार ३ दिनसम्म बढ्दै उच्च बिन्दुमा पुगिरहेको सुनको मूल्यमा बुधबार भने गिरावट देखियो । बुधबार प्रतितोला ६ सय रुपैयाँले घट्दै प्रतितोला सुन १ लाख ७९ हजार एक सय रुपैयाँमा कारोबार भयो । यस्तै, बिहीबार सुनको मूल्य बढ्दै पुनः ऐतिहासिक बिन्दुमा पुग्यो । त्यसदिन प्रतितोला सुन १ लाख ८० हजार ३ सय रुपैयाँमा काराेबार भयाे ।

साताभरि बढ्दै नयाँ रेकर्ड कायम राखिरहेको सुनको मूल्यमा शुक्रबार भने भारी रकमको गिरावट देखियो । शुक्रबार प्रतितोला ३ हजार ९ सय रुपैयाँले घट्दै प्रतितोला सुन १ लाख ७६ हजार ४ सय रुपैयाँमा कारोबार भयो । समग्रमा याे साता सुनकाे मूल्यमा प्रतिताेला ४ सय रूपैयाँकाे गिरावट देखियाे ।