काठमाडौं – सिद्वार्थ प्रिमियर इन्स्योरेन्स लि. १७औँ कर्पोरेट बिजनेश अवार्ड २०२५ अन्तर्गत नन लाइफ इन्स्योरेन्स अफ दि इयर २०२५ बाट सम्मानित भएको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र बैदवार क्षेत्रीलाई रक्षामन्त्री मानवीर राइले सम्मानपत्र प्रदान गरेका थिए । कर्पोरेट म्यागजिनको १७औँ वार्षिकोत्सवका अवसरमा ‘कर्पोरेट बिजनेश अवार्ड’ आयोजना गरिएको हो ।
कुल ११ वटा विधा –उद्योग, व्यापार, स्वास्थ्य, पर्यटन, उड्डयन, बैंक, फाइनान्स, बीमा, सूचना प्रविधि र नवउद्यमी को लागि प्रदान गरिएको अवार्ड मध्ये नन लाइफ इन्स्योरेन्स अफ दि इयर २०२५ प्राप्त गर्न सिद्वार्थ प्रिमियर इन्स्योरेन्स सफल भएको छ ।
प्रतिक्रिया