काठमाडौं – नेपाल राष्ट्र बैंकबाट बाहिरिदै गभर्नर अधिकारीले आफ्नो पाँच वर्षे कार्यकालमा वित्तीय क्षेत्रमा रहेका विकृति हदैसम्म न्यूनिकरण भएको बताएका छन् । राष्ट्र बैंकबाट बाहिरिने क्रममा आयोजित पत्रकार सम्मेलनमा अधिकारीले ऐसेट म्यानेजमेन्ट कम्पनी सञ्चालन गर्न लगायतका विभिन्न मस्यौदा तयार भएको बताएका हुन् ।
‘पाँच वर्षको अवधिमा नेपाल राष्ट्र बैंकले गर्ने कार्यलाई ११ वटा पोलिसि, ९ वटा फ्रेमवर्क, १८ वटा मार्गदर्शन, ११ वटा निर्देशिका, ७ वटा म्यानुअल र ४१ वटा कार्यविधि आन्तरिक कार्यविधि बनेका छन्’ उनले भने, ‘बैंकको कामलाई पारदर्शि बनाउन बैंकमा प्रविधिको प्रयोग गरिएको छ ।’
साथै, उनले बैंकहरुले कठिन परिस्थितीमा पनि जिम्मेवारसहित सेवा सुविधा प्रदान गरेको बताए । उनले पाँच वर्षको अवधिमा मौद्रिक नीतिलाई आधुनिकीकरण गर्दै तरलता व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै गएको बताए । अधिकारीले ब्याजदर कोरिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा लगेको बताए ।
प्रतिक्रिया