काठमाडौं – नेपाल बैंक लिमिटेडले आर्थिक वर्ष २०८१ /८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ । बैंकको चैत ६ गते सम्पन्न ३५ औं वार्षिक साधारण सभाबाट आ.वको लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनी ऐन, २०६३ दफा १११ बमोजिम सो पदको लागि बैंकले चार्टड एकाउन्टेन्ट त्रय प्रदिप कुमार श्रेष्ठ, मधुविर पाण्डे र सृष्टि कोइरालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया