अमेरिकाको करयुद्धले विश्वव्यापी अर्थतन्त्र प्रभावित बन्छ – आईएमएफ

अमेरिकाको करयुद्धले विश्वव्यापी अर्थतन्त्र प्रभावित बन्छ – आईएमएफ


काठमाडौं – अन्तर्राष्ट्रिय मुद्रा कोषले अमेरिकाले विश्वव्यापी रुपमा लगाएको ‘जस्तोको त्यस्तै’ करले संसारभरको अर्थतन्त्र प्रभावित बन्ने जनाएको छ । मुद्रा कोषले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका मुलुकलाई आयातमा कर लगाएपछि यस्तो बताएको हो ।

समाचार संस्था बीबीसीका अनुसार कोषकी महानिर्देशक क्रिस्टिालिना जर्जिएभाले अमेरिकाको करयुद्धबाट विश्वको आर्थिक वृद्धिदरमा सुस्तता ल्याउनेछ । उनले भनिन्, ‘कोषले गहनरुपमा ‘म्याक्रोइकोनोमिक्स इम्प्लिेकेसन’बारेमा समेत अध्ययन गर्दैछ ।’

यसबाहेक, अमेरिकाको नयाँ करयुद्धका कारण विश्वव्यापी अर्थतन्त्रमा ह्रास आउनेछ । यस्तै, कोषले अमेरिकालाई व्यापार साझेदारसँगको सम्बन्ध थप मजबुत बनाउँदै लैजान र विश्व अर्थतन्त्रलाई थप क्षती पुग्नबाट जोगाउन सबै पक्षलाई अनुरोध समेत गरेको छ ।

कोष एक विश्वव्यापी संस्था हो । जसमा विश्वभरका १९१ वटा सदस्य राष्ट्र छन् ।